नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ । सवारीसाधनको चापका कार
गोरखापत्र संस्थानको कान्छो प्रकाशन हो डिजिटल प्रकाशन । गोरखापत्र दैनिकले १२४ वर्ष पूरा गरी १२५ वर्षको खुट्किलो टेक्नै लाग्दा हामी डिजिटल प्रकाशनको आज तेस्रो वार्षिकोत्सव मनाइरहेका छौं । २०६९ मंसिरदेखि गोरखापत्र अनलाइन डट कम डोमेनमा व्यवस्थित रुपले समाचार प्रकाशन गर्दैआएका छौं ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ छायाङ्कन सुरु भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायाङ्कन सुरु गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो ।
दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामरालगायतका सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताउनुभएको छ ।
बँदेल र बङ्गुरको ठिमाहा विकासका लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन ।
बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गको भौतिक तथा वित्तीय प्रगति बढेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले उत्पादन र समृद्धिसँग जोडेर प्रदेश अनुकूलतामा खोज अनुसन्धान गर्न थालेको छ ।
हिजबुल्लाहका प्रमुखले आइतबार लेबनानमाथि अमेरिकी नियन्त्रणलाई अस्वीकार गरेका छन् । इजरायलसँगको युद्धमा इरान समर्थित समूह कमजोर भएपछि पश्चिम निकट मानिएको नयाँ लेबनानी नेतृत्व आएको छ ।
अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक जनालाई हेलिकप्टर मार्र्फत सुत्केरीको उद्धार गरिएको छ । कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रंगीदेवी भण्डारीलाई हेलिकप्टरबाट सुर्खे प्रादेशिक अस्पताल लिइएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैह्रकानुनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्।