राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाउनुभएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बाँकेको कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले आठ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रथम बज्रबाराही अन्तर काठमाडौँ भ्याली बुद्धिचाल प्रतियोगितामा छात्रतर्फ मनकामना सेकेन्डरी स्कुलका प्रतीक सुवेदी र छात्रामा मेधा सेकेन्डरी स्कुल भक्तपुरकी यशस्वी शर्मा च्याम्पियन बन्नु्भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिनुभएको छ। आजको बैठकको विशेष समयमा उहाँले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताउनुभयो।
चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती पश्चिमी भेगतर्फ लागेका छन्। हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाको विभिन्न भागमा घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
लक्ष्मी उप्रेती ब्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले आइतबार विराटनगरमा साहित्यकार राधा भट्टराईलाई पुरस्कृत गरेको छ । भट्टराईलाई साहित्यतर्फको पुरस्कार प्रदान गरिएको हो ।
लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्ने इलाम नगरपालिकाका विद्यार्थीलाई नगरपालिकाले आइतबार सम्मान गरेको छ ।
बागलुङ बजारमा सम्पन्न दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भलिबल खेल ओझेलमा परेको बताउदै यसको प्रवर्धनमा लाग्न आग्रह गर्नुभयो ।
बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाँकेको एउटा सामुदायिक वनबाट पाटेबाघको उद्धार गरेको छ । वनजङ्गल क्षेत्रमा लुकेर बस्ने तथा साँझपख मानव वस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरमाथि आक्रमण गरी क्षति गर्न थालेपछि जिल्लाको राप्तीसोनारी गाउँपालिका –८ बालापुरस्थित एक सामुदायिक वनबाट निकुञ्जको टोलीले गएराति बाघलाई नियन्त्रणमा लिएर उद्धार गरेको हो ।
चंखेली गाउँपालिकाको लिमिबाट कैलाश मानसराेवर दर्शन गर्न जाँदा बीच बाटोमा भेटिने सिलुमा दह ।
घोराही स्थानीय सरकार आए यता घोराही उपमहानगरपालिकाको न्यायिक समितिले एक हजार एकसय ९८ विवादलाई मेलमिलाप एवं अन्तिम निर्णयको माध्यबाट निरुपण गरेको छ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो।