• ११ फागुन २०८१, आइतबार

साहित्यकार भट्टराई पुरस्कृत

blog

साहित्यकार राधा भट्टराई पुरस्कृत हुनुहुँदै ।

हरिप्रसाद कोइराला

उर्लाबारी, फागुन ११ गते । लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले आइतबार विराटनगरमा साहित्यकार राधा भट्टराईलाई पुरस्कृत गरेको छ । भट्टराईलाई साहित्यतर्फको पुरस्कार प्रदान गरिएको हो । 

विभिन्न ६ वटा कृतिका लेखक भट्टराईलाई १० हजार १ सय रुपियाँ नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा साहित्यकार भट्टराईको जीवनीमाथि साहित्यकार प्रतिमा निरौलाले प्रकाश पार्नुभयो । पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ कविराज न्यौपानेले साहित्यक्षेत्र राज्यको प्राथमिकता नपरे पनि समुदायस्तरमा गठन भएका प्रतिष्ठानहरूले साहित्यका जगेर्ना गरिरहेको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष समिना पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा चेतना प्रतिष्ठानका अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी सम्मानित साहित्यकार राधा भट्टराईलगायतले बोल्नुभएको थियो ।