रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारामा सशस्त्र द्वन्द्वका क्रममा १५ जनाको सामूहिक हत्या र सिङ्गो गाउँ आगजनी भएको २५ वर्ष पूरा भएको छ । २०५६ फागुन १० गते भएको घटनाका पीडितले न्याय र राहतको आशामै २५ वर्ष बितेको दुःखेसो पोखेका छन् ।
रामेछाप, फागुन १२ गते । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएकाे छ । कम लगानीमा बढ आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाउँमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई÷तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किनुभएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गर्नुभएको छ । अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यसप्रति सन्तुष्ट रहेको उहाँको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घारबाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई÷तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाउनुभएको छ । उहाँले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसक्नुभएको छ । सुरुमा माहुरीपालनसम्बन्धी कुनै ज्ञान नभए पनि छोटो अवधिकोे तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फूलबारी र तोरीबारी हो ।”माहुरीपालन गर्ने कृषकले मह मात्र नभई माहुरीसहितको घार पनि बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु. १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिमपश्चात् सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताउनुभयो । उहाँले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आउनुभएको छ । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरीपालन गर्नुभएको छ । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गर्नुभएको छ । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ । माहुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजनाले पनि विगतदेखि अनुदानस्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिनुभयो ।
दुई दशकअगाडिसम्म ग्रामीण भेगमा खर तथा ढुङ्गाले घर छाउने सिप भएका व्यक्तिहरू प्रशस्तै पाइन्थे ।
भूमि समस्या समाधान आयोगले सबैभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित बसोवासको समस्या रहेको रूपन्देहीको बुटवल उपमहानगर र कञ्चन गाउँपालिकाबाट काम सुरु गर्ने भएको छ । विगतमा जहाँबाट काम रोकिएको थियो त्यहीँबाटै काम थाल्ने गरी आयोगले तयारी गरेको जनाएको हो ।
सरकारका सबै मन्त्रालयको समान कार्यजिम्मेवारी हुँदैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
शिक्षालाई परापूर्वकालदेखि नै व्यक्तित्व विकास तथा सुखी जीवनको प्रमुख साधनका रूपमा लिइएको छ ।
राज्यले शान्ति सुव्यवस्थाका लागि केही नियम कानुन बनाएको हुन्छ । प्रत्येक नागरिकले त्यो नियम पालन पनि गरिरहेको हुन्छ ।
सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुु¥याउने व्रmम रोकिएको छैन । चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती जिल्लाको
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रीय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँच मार्ग पुर्याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ ।
संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक कार्यकारी नेतृत्वमा निर्वाचित भएपछि विश्व अर्थतन्त्रमा ठुला परिवर्तन देखिन थालेका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा केबुलकार विवाद चर्किंदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
अन्तर निकाय/तहसँग जोडिएका विषय/समस्यामा साझा निष्कर्षमा पुग्न र बैठकको आवश्यकता पर्छ ।
सङ्घीय सरकारको वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नेपालमा हरित विद्यालय निर्माणमा सरकार लाग्ने बताउनुभएको छ । नेपालकै एक मात्रै हरित विद्यालय बज्र एकेडेमीको वातावरणमैत्री नाट्य कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासका लागि सरकार हरित विद्यालय सञ्चालनमा लाग्ने बताउनुभएको छ ।
माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उहाँकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।