लक्ष्मी उप्रेती ब्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले आइतबार विराटनगरमा साहित्यकार राधा भट्टराईलाई पुरस्कृत गरेको छ । भट्टराईलाई साहित्यतर्फको पुरस्कार प्रदान गरिएको हो ।
लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष पुरस्कार प्रतिष्ठान विराटनगरले विराटनगरमा क्रिकेट प्रशिक्षक एवं खेलाडी विजयकुमार शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्ने इलाम नगरपालिकाका विद्यार्थीलाई नगरपालिकाले आइतबार सम्मान गरेको छ ।
बागलुङ बजारमा सम्पन्न दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भलिबल खेल ओझेलमा परेको बताउदै यसको प्रवर्धनमा लाग्न आग्रह गर्नुभयो ।
बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाँकेको एउटा सामुदायिक वनबाट पाटेबाघको उद्धार गरेको छ । वनजङ्गल क्षेत्रमा लुकेर बस्ने तथा साँझपख मानव वस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरमाथि आक्रमण गरी क्षति गर्न थालेपछि जिल्लाको राप्तीसोनारी गाउँपालिका –८ बालापुरस्थित एक सामुदायिक वनबाट निकुञ्जको टोलीले गएराति बाघलाई नियन्त्रणमा लिएर उद्धार गरेको हो ।
चंखेली गाउँपालिकाको लिमिबाट कैलाश मानसराेवर दर्शन गर्न जाँदा बीच बाटोमा भेटिने सिलुमा दह ।
घोराही स्थानीय सरकार आए यता घोराही उपमहानगरपालिकाको न्यायिक समितिले एक हजार एकसय ९८ विवादलाई मेलमिलाप एवं अन्तिम निर्णयको माध्यबाट निरुपण गरेको छ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो।
नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ।
पूर्व फुटबल खेलाडी एवं प्रशिक्षक हरिओम श्रेष्ठको आइतबार निधन भएको छ ।
लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको दुर्लभ रेडपान्डाको विषयमा लेखिएको ‘हाब्रे’ नामक पुस्तक इलाममा विमोचन गरिएको छ। रेडपान्डा नेटवर्क र दीपज्योति युवा क्लबले प्रकाशन गरेको पुस्तकमा रेडपाण्डासम्बन्धी जानकारीमूलक विभिन्न १६ लेख समेटिएको छ।
ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा कैलालीको फकलपुरमा थारू लोककला कार्यशाला गरिएको हो। थारू समुदायको मौलिक पहिचान झल्काउने लोककला पछिल्लो समय हराउँदै गएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेलाई भुल्न नहुने बताउनुभएको छ।