ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा कैलालीको फकलपुरमा थारू लोककला कार्यशाला गरिएको हो। थारू समुदायको मौलिक पहिचान झल्काउने लोककला पछिल्लो समय हराउँदै गएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेलाई भुल्न नहुने बताउनुभएको छ।
सांसदले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गर्नुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाँडै आमसञ्चार नीति कार्यान्वयनमा आउने बताउनुभएको छ । उहाँले आमसञ्चार नीतिले लैङ्गिक समानता तथा सामाजिक समावेशीरणका पक्ष पनि सम्बोधन हुने बताउनुभयो ।
राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा संलग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ ।
नेकपा (एमाले) मोरङको फागुन १७ गतेबाट सुरु हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरु छानिएका छन् । मोरङको १७ स्थानीय तहका ५९ वटा वडाबाट एमालेले शनिबार जिल्ला अधिवेशन प्रतिनिधि निर्वाचित गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ ।
म्याग्दीका तुल्सी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।
भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरुभएको हो । आजको बैठकमा मुस्लिम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (राष्ट्रिय प्याव्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुनेभएको छ ।
संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ ।