कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग भएको ग्रेनेड घर नजिकै विस्फोट हुँदा कम्बोडियाका दुई बालबालिकाको मृत्यु भएको एक अधिकारीले आइतबार बताएका छन् ।
नवलपुरमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । सिमसार क्षेत्र र सिँचाइको सुविधा पर्याप्त भएको जिल्लाका विभिन्न स्थानमा यतिखेर हिउँदे धान लगाउन किसान व्यस्त भएका हुन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा (एमाले) सँग सहकार्य गरेर देखिने काम गर्न आग्रह गर्नुभएको छ । सरकार बाहिर रहेका काँग्रेसले त्यसकालागि दवाव दिन आवश्यक रहेको उहाँको भनाइ छ ।
बेनीको शिरमा रहेको पुलस्त्य पुलहाश्रमलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ ।बेनी नगरपालिका –५ पुलाचौरमा रहेको यस क्षेत्रमा विगत दश वर्षदेखि यता सरकारी निकाय र चन्दा सहयोग जुटाएर करिब साढे दुई करोड रुपियाँभन्दा बढी लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् ।
भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ । सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ ।
इजरायल रक्षा बलले हमासद्वारा ६ जना इजरायली वन्धकलाई जारी युद्धविराम आदानप्रदानको एक भागको रूपमा शनिवार रिहा गरिएको जनाएको छ । पाँच बन्धकमध्ये दुईलाई शनिवार पहिले दक्षिणी गाजाको रफाहमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समितिको सवारीबाट स्थानान्तरण गरिएको छ ।
स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।
वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो ।
शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरासँगै गण्डकी प्रदेशका अन्य ठाउँमा पनि पर्यटन विकासका थुप्रै सम्भावना रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरका निजी अस्पतालमा बिरामीलाई बेहोस बनाउने (एनेस्थेसिया) डाक्टरको उपस्थितिबिना नै शल्यक्रिया हुने गरेको खुलासा गर्नुभएको छ । उहाँले
पाखुरी खियाएर आफ्नो परिचय बनाएका बालक चन्द्रवंशीलाई अचेल गाउँघर र आसपासका क्षेत्रमा नचिन्ने कमै भेटिन्छन् । नदी उकास क्षेत्र श्रीलङ्का टापुमा तरकारी र मकै खेती गर्दै आउनुभएका चन्द्रवंशी
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ ।
लामो समय मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने फलामे पुल प्रदेश सरकारले मर्मत गर्ने भएको छ ।