वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो ।
शनिवार दिउँसो मृत अवस्थामा फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट माण्डवी गाउँपालिका–२ रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरासँगै गण्डकी प्रदेशका अन्य ठाउँमा पनि पर्यटन विकासका थुप्रै सम्भावना रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरका निजी अस्पतालमा बिरामीलाई बेहोस बनाउने (एनेस्थेसिया) डाक्टरको उपस्थितिबिना नै शल्यक्रिया हुने गरेको खुलासा गर्नुभएको छ । उहाँले
पाखुरी खियाएर आफ्नो परिचय बनाएका बालक चन्द्रवंशीलाई अचेल गाउँघर र आसपासका क्षेत्रमा नचिन्ने कमै भेटिन्छन् । नदी उकास क्षेत्र श्रीलङ्का टापुमा तरकारी र मकै खेती गर्दै आउनुभएका चन्द्रवंशी
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ ।
लामो समय मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने फलामे पुल प्रदेश सरकारले मर्मत गर्ने भएको छ ।
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
आठ वर्षअघि २०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र दी क्याराभान कम्पनीले संयुक्त रूपमा ठेक्का सम्झौता गरेको मनाङको नासोँ गाउँपालिका ५ र ६ नम्बर वडा जोड्ने पक्की पुल हालसम्म दुई पिल्लरमा नै सीमित छ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारानजिकै जुगल गाउँपालिका–१ बाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भयो । सवारी दुर्घटनापछि स्थानीयले प्रहरीमा खबर गरे । तत्काल नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयहरू जम्मा भए । दुर्घटनामा परेकाहरूको उद्धार गरी चौतारा अस्पताल पु-याइयो ।
रुपन्देहीमा ९२ प्रतिशतलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइएको छ ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रमा निर्माण हुन थालेको ट्रमा सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँ विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुनुहुन्छ । उमेरले २६ वर्ष पुग्नुभएका उहाँले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आउनुभएको छ ।