बोमलाल गिरी
नवलपुर, फागुन ११ गते । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ ।
लामिचौर अमलटारी सेक्टरको मध्यवर्ती वनमा अन्दाजी सात वर्षको पोथी गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो ।
मरेको गैँडामा पुरानो घाउ देखिएकाले अर्को गैँडासँग जुधेर मरेको हुन सक्ने उहाँको भनाइ छ ।