दक्षिण अफ्रिकाको उत्तरपूर्वी गौतेङ प्रान्तमा मङ्गलबार बिहान एउटा बस पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
भारतको अरुणाञ्चल प्रदेशमा आगामी मे ८ देखि १७ तारिखसम्म आयोजना हुने साफ यु-१९ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ ।
यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगर प्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमबिच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गर्नुभयो ।
उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नुहुँदै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिनुभयो ।
ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत अतिरिक्त भन्सार लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ भन्दै संयुक्त राज्य अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता नभएको दाबी गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढङ्गले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताउनुभएको छ ।
जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ । जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबर्जस्ती रङ दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ ।
दाङको देउखुरीमा कृषका लागि सिँचाइको व्यवस्थापन गर्न नौ बिघामा कृत्रिम जलाशय निर्माण गरिएको छ । लमही नगरपालिका वडा–९ स्थित तेलिया हरियाली सामुदायिक बनमा सो कृत्रिम जलाशय निर्माण गरिएको हो ।
जाडो जाने र गर्मी बढने क्रमसँगै ढकमक्क फूलले तराईका बारी बगैँचा, खेतखरिहान र सडकपेटीसम्म सेताम्मे देखिएका छन्। यो बहुपयोगी तरकारी सजिवनको फूल हो। फागुन महिना लागे यता ढकमक्क फुलले चुरेको डाँडादेखि मधेशका मैदानसम्मको रुपरंग फेरेको छ।
सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले व्यवस्था मात्रै फेरिएर नहुने उल्लेख गर्दै कार्यशैली पनि फेरिनुपर्ने बताउनुभयो ।
नेपालको पहलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख ६७ हजार ८७४ रुपियाँ भेटी सङ्कलन भएको छ ।
प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ।