उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।
चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सिन्धुपाल्चोकमा दुई विद्यार्थी सङ्गठनबिच भागबन्डा मिलेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी बाँकेमा १०१.२ प्रतिशतलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाएर प्रदेशमै पहिलो जिल्ला बन्न सफल भएको छ ।
विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवताविरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ ।
रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा भेट गर्दैछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी एक भएको खण्डमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसले जितको लहर ल्याउने बताउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुहुने छ ।
पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह मङ्गलबार हुँदै छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ताप्लेजुङमा निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागिएको नेपालकै ठुलो जलविद्युत आयोजना माथिल्लो तमोरको कामले अब तीव्रता पाउने भएको छ । कुल २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना सञ्चालनमा रहेको विवादको समाधान भएसँगै निर्माणको कामले तीव्रता पाउने भएको हो ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।