ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कृषक, कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ। गाउँपालिकाले ८ औँ स्थापना दिवसको अवसरमा चार–चार जना कृषक र कर्मचारी तथा एक जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको हो।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिलकुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।
बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ । सडक किनारमा रहेका रुखहरूको कटानी, छटानी र ढुवानीको काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । मङ्गलबार नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।
वालिङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा दोस्रो जित निकालेको छ ।
गोरखाको मुसेखोला–दानीगाउँ–ठुलो गाँखु–पात्लेगाउँ–चित्रेपोखरी सडक स्तरोन्नती भएको छ । सिरानचोक गाउँपालिका–६ बाट गाउँपालिकाको कार्यालय चित्रेपोखरी पुग्ने सडक खण्ड स्तरन्नति भएको हो ।
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले देशमा केही भएको छैन भन्ने अहंकार कसैले राख्नु नहुने बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मुक्ताकुमारी यादवले एसइई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याको सामाधान छिटा गरिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
पर्वत जिल्लामा गरिएको एक अध्ययनले विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षाको खाँचो टड्कारो देखिएको छ।जिल्लाको कुश्मा नगरपालिकामा रहेका उच्च माध्यामिक तहका विद्यार्थी माझ गरिएको अध्ययन अनुसार मानसिक स्वास्थ्य सम्बन्धी शिक्षाको खाँचो अपरिहार्य देखिन्छ ।
साउदी अरब, कतार र जोर्डनले मङ्गलबार युद्धग्रस्त गाजा पट्टीमा बिजुली आपूर्ति कटौती गर्ने इजरायलको निर्णयको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न छुट्टाछुट्टै वक्तव्यमा आह्वान गरेका छन् ।
मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।