प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती बन्छन् भन्ने सोच्नु भ्रम हुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरुलाई मनन् गर्दै देखा पर्न सक्ने चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताउनुभएको छ ।
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ।
पाचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा नमोबुद्ध युथ क्लब सप्तरी सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गर्दै नमोबुद्ध अन्तिम चारमा पुगेको हो।
कास्कीको पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा यो गुरुयोजना तयार भएको हो।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सत्र सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। गाउँपालिकाका विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो।
आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग गरेको बैठकमा कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको छ।
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गर्नुभएको छ।
विभागीय टिम नेपाल पुलिसलाई हराउँदै नमोबुद्व फुटबल क्लब सप्तरी पॉचथर गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा मङ्गलबार सम्पन्न क्वाटर फाइनल चरणको अन्तिम खेलमा पुलिसलाई सप्तरीले ३–० गोल अन्तरले हरायो ।
नेपाली फिल्म ‘सरौतो’ मा भिलेनको रूपमा दर्शक सामु प्रस्तुत हुनुभएका अभिनेता टङ्क धमाला अभिनेताको रूपमा चर्चित हुनुहुन्छ।
दक्षिण अफ्रिकाको उत्तरपूर्वी गौतेङ प्रान्तमा मङ्गलबार बिहान एउटा बस पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
भारतको अरुणाञ्चल प्रदेशमा आगामी मे ८ देखि १७ तारिखसम्म आयोजना हुने साफ यु-१९ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’ मा परेको छ ।