प्रतिपक्षीदलहरूको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । १९ औं प्रदेशसभा बैठकमा उपस्थित प्रतिपक्षिदल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरु उभिएर विरोध गरेपछि बैठक अर्को सूचना जारी नभएससम्मका लागि स्थगित भएको हो ।
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न थालिएको केबुलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले अर्को चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ उपचार सेवाको शुभारम्भ गरिएको छ । सेवाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मङ्गलबार एक कार्यक्रमकाबिच शुभारम्भ गर्नुभएको हो ।
गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दाङको लमही क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई चार विकेटले हरायो ।
नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पिजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबिच यससम्बन्धमा सम्झौता भएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो।
आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार परीक्षाका लागि ३१२ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार २३१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राख्नुभयो । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’ सहमत भएको घोषणा गरेको केही दिनपछि भारतले अमेरिकी उत्पादनहरूमा आयात कर घटाउन प्रतिबद्ध नभएको बताएको छ ।
खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबिच मङ्गलबार मन्त्रालयमा भेट भएको छ । सोक्रममा उहाँहरूबिच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ ।
स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।