व्यक्तिका आचरण, व्यवहार र कार्यलाई नियमित तथा नियन्त्रित गर्नका लागि राज्य (संसद्) द्वारा निर्मित आवश्यक साधनलाई कानुन भनिन्छ
हुलाकी राजमार्ग अन्तर्गत नवलपरासीको नारायण चोक (गोपीगन्ज) देखि रानी नगरसम्म (त्रिवेणी) सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरे पछि स्थानीयले सास्ती खेप्नु परेको छ । १५ किलोमिटरको लामो सडक खण्ड कालोपत्रेको काममा अटेरी गरे पछि स्थानीय आजित बनेका छन् । उक्त सडक निर्माणका लागि बज्र गुरु महालक्ष्मी जेभी ललितपुरले ठेक्का लिएको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजना प्रभावितहरुले गाउँपालिका भित्र हाल निर्माणाधीन अवस्थामा रहेका पाँच वटा जलविद्युत आयोजनाहरूलाई विभिन्न ३१ बुँदे माग राखेका छन् । माग पूरा नगरे जलविद्युत आयोजना निर्माण अवरुद्ध पार्ने स्थानीयहरूको भनाई छ ।
बर्दिया प्रहरीले बहुमूल्य जडीबुटी सुगन्ध कोकिला बरामद गरेको छ । बढैया ताल गाउँपालिका वडा नं २ फुटाहाबाट नेपाल देखि भारत तर्फ लैजाँदै गरेको १० क्विन्टल सुगन्ध कोकिला सहित गोरु गाडा पक्राउ गरेको हो ।
जापानी काला र सुमारा गाईको हेरचाह गर्न दिनहुँ दर्जनौँ कामदार खटिएका हुन्छन् । नुहाइधुवाई गरेर सफा स्थानमा बस्न रुचाउने यी गाई पाल्न त्यति सहज छैन । यी काला जातिका गाई जापानको कोबे शहरमा निकै प्रसिद्ध छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रूपमा चयन हुनु भएको छ । सोमबार साँझ सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन हुनु भएको हो ।
विपन्न वर्गकोलागि आफ्नै बारीमा आयआर्जन गर्ने गरी पूर्वी चितवनको पहाडी क्षेत्रमा कफी सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
रोल्पाका एक पूर्व वडाध्यक्षको रुसमा निधन भएको छ । सुनछहरी गाउँपालिका ५ जैमाकसलाका पूर्वबडा अध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुस र युक्रेनको द्वन्द्व परी निधन भएको जनाइएको छ ।
केन्द्रीय विद्युत्को अभाव हुँदा करोडौँको लगानीमा बनेका चिस्यान केन्द्र प्रयोगविहीन बनेका छन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा निर्मित चिस्यान केन्द्र विद्युत् अभावमा प्रयोगविहीन बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
ऐतिहासिक पाल्पा दरबारपरिसरको मूलढोकाको निर्माण रोकिएको छ । जीर्ण भएर दुई वर्षअघिदेखि पुनर्निर्माण भइरहेको मूलढोकाको निर्माण कार्य रोखिएको हो ।
पाल्पाका १० स्थानीय तहमध्ये अधिकांश पालिकाको केन्द्रसम्म पुग्ने पहुँच मार्ग अझै स्तरोन्नति हुन सकेको छैन । स्थानीय तह बन्नुअघि बनेका पहुँच मार्गको अवस्था आठ वर्षमा पनि उस्तै रहेको छ ।
रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेर पुनरावेदन दिनुभएको छ ।