वस्तु निर्यात गरेर मुलुकले प्राप्त गर्ने आम्दानी नेपालीले विदेश भ्रमणमा गर्ने खर्च करिब बराबर हुने पाइएको छ ।
विराटनगर भन्सार कार्यालयमा मालवस्तु बोकेर भारतबाट आएका दुई वटा मालवाहक ट्रकको एउटै नम्बर भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा खुम्चिएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा १.३ प्रतिशत मात्रले बढेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा बढ्दै गएको निराशा, असन्तुष्टिबाट प्रतिगमनकारी शक्तिले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो ।
काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ०४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
नेपालमा कुल १२४ भाषामध्ये सबैभन्दा लोपोन्मुख भाषा कुसुन्डा भाषा हो, जुन अहिले संकटमा छ । २०७६ माघ ११ गते ज्ञानुमैयाँ कुसुन्डाको निधनपछि यो भाषा बोल्ने एकमात्र पूर्णवक्ता ५० वर्षीया कमलासेन कुसुन्डा मात्र बाँकी रहनुभएको भनिन्छ ।
दाङमा प्रहरीले २९ किलो बढी लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आज आलु बोकेको बोराभित्र लुकाएर चरेश ओसार–पसार गर्न लागेको अवस्थामा २९ किलो ६९५ ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।
आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा रहेको तीन वटा विद्यार्थी सङ्गठनले नेतृत्वको लागि सहमति गरेका छन् ।
केही दिनदेखि घरबाट हराएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रोल्पाको लुङ्ग्री गाउँपालिका –५ बुझिङ जल्केनीका ६४ वर्षीय जिते विक फागुन १९ गतेदेखि बेपत्ता हुनुभएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताउनु भएको छ ।
जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपमा दोहोरो जित निकालेको छ ।
विद्यालयको आङ्गन भावनाले भरिएको थियो । चारैतिर माला र अबिरले रङ्गिएको माहोल, आँखामा आँसु र मनभरी सम्झनाको बिसौनी बोकेर जनसहयोगी माध्यमिक विद्यालय, गौमुखी –५, खुङ्ग, प्युठानमा एसइई परीक्षार्थीको बिदाइमा अरु विद्यार्थी भावुक भएको दृश्य हो ।