१०औँ हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौँले चुमेको छ ।
राममणि दाहालहेटौँडा, फागुन २६ गते । मकवानपुर भीमफेदी गाउँपालिका –९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ । भौतिक पूर्वाधार विकास कार्यालय हेटौँडाले निर्माण गर्दैगरेको गोलमोडदेखि फापरबारी जाने भित्री सडकखण्डको नयाँ सडक खन्नेक्रममा माथिबाट ढुङ्गासहितको पहिरो खसेर प्र.३–०१–००३ क ६८०९ नम्बरको स्काभेटर दुर्घटना हुँदा क्षतिभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएर स्काभेटरको आधा भागमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।
दार्चुलाको नौगाड गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएको छ । नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजित सिंह धामीको अध्यक्षतामा गाउँपालिकाले स्थापना दिवस मनाएको हो ।
गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सात बुँदे सहमतिमा तलमाथि भएत्यसको सबैभन्दा ठूलो दोष कांग्रेसले लिनुपर्ने बताउनु भएको छ ।
बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।
मच्छिन्द्र फुटबल क्लब पाँचौँ पाँचथर गोल्प कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् । नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् ।
कपिलवस्तु–११ सैनामैनाको मुर्गियामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिकरूपमा डिम्यानम घोषणा गरिएको हो ।
सुनसरीमा सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।
रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ ।
नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबिच चर्को विवादबिच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ ।