नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक सोमबार पनि ओरालो देखिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
गुल्मीमा ४३ वर्षीय नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ बुल्मको कच्ची मोटरबाटोमा सोही वडाका कुमाल सोमबार मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा चैत १ देखि ३ गतेसम्म हुने भएको छ।
दुई महिनादेखि तल नपाएको भन्दै टीकापुर नगरपालिकाका करार तथा ज्यालादारी कर्मचारीले प्रमुख प्रशासनिक कार्यालयमा धर्ना दिएका छन् ।
श्रीलङ्कामा फागुन २७ देखि चैत ५ गतेसम्म आयोजना हुने एसियन जोनल ३.२ बुद्धिचाल च्याम्पियनसिपमा भाग लिन नेपाली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।
आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको तीन वर्षभित्र भूमिहिन, सुकुम्बासी, अव्यवस्थीत बसोवास र भूमि क्षेत्रका तमाम समस्या समाधान भएर जाने बताउनुभएको छ ।
वीरेन्द्रनगरको एक फेन्सी पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बिच बजारमा रहेको फेसन हबमा आगलागी हुँदा धनमाल जलेको प्रहरीले जनाएको छ ।
बबई गाउँपालिका वडा नम्बर ५ मा रहेको इलाका प्रहरी कार्यालय हापुरेको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले इलाका प्रहरी कार्यालय हापुरेको भवनको शिलन्यास गर्नुभएको हो ।
प्युठान उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति निर्विरिध निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा सन्देश आचार्य निर्विरोध निर्वाचित हुनुभएको हो ।
घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ । बार्दलीबाट लडेर कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का पुरिचन्द पाण्डेकाे मृत्यु भएको हो ।
रोल्पामा पछिल्लो समय किसानहरू पशुपालनमा आकर्षित भइरहेको छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूद्वारा किसानहरूलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराएपछि पशुपालनमा किसानको आकर्षण बढ्दै गएको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचनाले सत्य र वास्तविकताको नजिक पुर्याउँदै सही दिशामा हिँड्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।