युन सुक येओलको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ ।
बाँके जिल्लाका स्थानीय तहहरूले विपद् व्यवस्थापनका लागि ११ बुँदे साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गर्नुभएको छ । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ ।
दाङको घोराहीमा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको छ ।
क्यानाडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
खैरो हेरोइनजस्तो देखिने वस्तुसहित प्रहरीले इलाममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का २२ वर्षीय रोशन लिम्बू र सोही स्थानका २२ वर्षकै लिलाबहादुर लिम्बूू रहेका छन् ।
विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवम् बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवम् कुवा पाउनै मुस्किल छ ।
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गर्दैआएको उल्लेख गर्दै ट्राफिक पोस्ट नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ सई प्रबिण आचार्यलाई आइतबार यहाँ सम्मानित गरिएको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको कर्णाली नदी पारिको भिरमा अड्किएका आठ जनाको सकुशल उद्धार गरिएको छ ।
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।
स्थानीय नयनी यादवको घर नजिकै बालिएको घुरबाट सल्केको आगो फैलिएर नयनीको दुई घरका साथै छिमेकी गोकर्ण मुखिया र लखन मुखियाको घर पनि खरानीमा परिणत भएको हो ।
जिल्लाको पर्यटन र साहित्य प्रवर्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी थालिएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताउनुभएको छ । सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।