विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवम् बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवम् कुवा पाउनै मुस्किल छ ।
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गर्दैआएको उल्लेख गर्दै ट्राफिक पोस्ट नेपालगन्जका प्रमुख प्रहरी वरिष्ठ सई प्रबिण आचार्यलाई आइतबार यहाँ सम्मानित गरिएको छ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको कर्णाली नदी पारिको भिरमा अड्किएका आठ जनाको सकुशल उद्धार गरिएको छ ।
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।
स्थानीय नयनी यादवको घर नजिकै बालिएको घुरबाट सल्केको आगो फैलिएर नयनीको दुई घरका साथै छिमेकी गोकर्ण मुखिया र लखन मुखियाको घर पनि खरानीमा परिणत भएको हो ।
जिल्लाको पर्यटन र साहित्य प्रवर्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी थालिएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महिला न्यायाधीशहरु नेपालको न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्ने बताउनुभएको छ । सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पाँचथरमा बहिरा सङ्घको जिल्ला समिति गठन भएको छ ।
मुगुका कृषकलाई हिजोआज स्याउ बगैँचा व्यवस्थापनको चटारो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नुहुनेछ ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ गरिबासमा एक करोड ४० लाखको लागत तीन योजनाको शिलान्यास गरिएको छ ।
कोही नहुनेका लागि दैव सहारा भनेजस्तै सामुदायिक कुकुरको सहारा बन्नुभएको छ, पशु अधिकारकर्मी राजकुमारी राना ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।