• २६ फागुन २०८१, सोमबार

प्युठान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आचार्य सर्वसम्मत

blog

प्युठान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको सन्देश आचार्य । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, फागुन २६ गते ।
प्युठान उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति निर्विराेध निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षमा सन्देश आचार्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ  र कोषाध्यक्ष कुमार श्रेष्ठ निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत रामेश्वर सुवेदीले जानकारी दिनुभयो ।

सङ्घको सबै बजार क्षेत्रमा यसअघि सर्वसम्मत कार्यसमिति चयन भएको छ । सङ्घको साधारणसभा यहि चैत २ गते औपचारिक रूपमा हुँदैछ ।