तिलाचन पाण्डे
तम्घास,फागुन २६ गते । गुल्मीमा ४३ वर्षीय नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ बुल्मको कच्ची मोटरबाटोमा सोही वडाका कुमाल सोमबार मृत परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको उहाँको भनाइ छ ।