रजनी योगी
सुर्खेत, फागुन २६ गते । वीरेन्द्रनगरको एक फेन्सी पसलमा आगलागी हुँदा सामान जलेर नष्ट भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बिच बजारमा रहेको फेसन हबमा आगलागी हुँदा धनमाल जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलको डेकाेरेसन, फेन्सीमा रहेको सामान जलेर नस्ट भएको जनाइएको छ । आगलागीका कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले बताउनुभयो ।
प्रहरीले क्षतिको सम्पूर्ण विवरण नआए पनि प्रारम्भिक विवरण अनुसार लाखौं रुपियाँको क्षति भएको हुनसक्ने जनाएको छ । अहिले विवरण सङ्कलनको काम भइरहेको खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्यापारी रेशमबहादुर थापाको पसल जलेको हो । सोमबार दिउँसो करिब १ः३० बजे आलागी भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको छ । वीरेन्द्रनगर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।