• २८ फागुन २०८१, बुधबार

१० क्विन्टल सुगन्ध कोकिला बरामद

blog

यज्ञप्रसाद सापकोटा

बर्दिया, फागुन २७ गते । बर्दिया प्रहरीले बहुमूल्य जडीबुटी सुगन्ध कोकिला बरामद गरेको छ । बढैया ताल गाउँपालिका वडा नं २ फुटाहाबाट नेपाल देखि भारत तर्फ लैजाँदै गरेको १० क्विन्टल सुगन्ध कोकिलासहित गोरुगाडा पक्राउ गरेको हो । 

भारतको बलै बजारतर्फ गोरुगाडामा बोरा भित्र राखी कपडाले छोपिएको अवस्थामा लैजाँदै गर्दा शङ्का मानी प्रहरीले चेकजाँच गर्ने क्रममा सुगन्ध कोकिला फेला परेको प्रहरीले जनाएको छ । जुटको २० बोरामा राखिएको थियो । अवैध रूपमा भारत निकासी गर्दै गदा फेला परेको  बहुमूल्य जडीबुटीको मूल्य अन्दाजी पाँच लाख रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको जडीबुटी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दिया पठाइएको छ । 

सुगन्ध कोकिला पश्चिम नेपालको पहाडी भूभागमा पाइने बहुमूल्य जडीबुटी हो । यसबाट सुगन्धित तेल निकाली अत्तर, साबुन लगायतका बस्तु उत्पादन गरिन्छ भने तेल निकाले पछि बचेको पदार्थबाट अगरबत्ती लगायतका सुगन्धित सामान बनाउन प्रयोग गरिन्छ । औषधीजन्य उपयोगका लागि प्रयोग गरिने सुगन्ध कोकिलालाई स्थानीय भाषामा मालगेडीको नामले चिन्ने गरिन्छ ।