• २८ फागुन २०८१, बुधबार

‘सर्वोच्च अदालतको अर्जुनदृष्टि जनआस्था अभिवृद्धि गर्ने होस’

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष प्रकाशमान सिंह राउत वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, फागुन २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्‍पक्ष, छरितो, सहज एवम् सर्वसुलभ ढङ्गले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले आत्मसात गरेको मूल्य र मान्यताको अधीनमा रही संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर तयार गरिएका प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

उहाँले न्यायको पुनीत उद्देश्य हासिल गर्ने अभियानलाई सार्थक तुल्याउन सर्वोच्‍च अदालतलगायत सबै तहका अदालत एवम् न्यायिक निकायले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउँदै न्यायिक निष्‍पक्षता एवम् प्रभावकारी न्याय सम्पादनका लागि आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा न्याय परिषद् एवम् न्याय सेवा आयोगका अध्यक्ष प्रकाशमान सिंह राउतले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८००८१ को वार्षिक प्रतिवेदन पेस गर्नुभएपछि राष्ट्रपतिले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

यो पनि पढ्नुहोस