परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि १९ सम्म आयोजना हुने ‘राइसिना डायलग’ कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ ।
रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् ।
अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ।प्रदेशसभाले संसद बैठकको सम्भावित कार्यपालिका बनाएर लागू गरेको छ।
झापाको काँकडभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइज क्लब काठमाडौँले जितेको छ।
भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेकामा अहिले गुन्द्रुक मगमगाउन थालेको छ ।
प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै नमो बुद्वले पाँचौं संस्करणको पाँचथर गोल्डकपको उपाधि चुमेको हो।
बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको संगमस्थलमा गाजा दह पर्छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको गाजा दहमा सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ ।
आज बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को बैठकको निर्णयअनुसार चैत १५ गतेसम्म बस्ने बैठकको क्यालेन्डर तयार गरिएको हो। क्यालेन्डरअनुसार अब चैत ३, ४, ६, ७, १३, १४ र १५ गरी ७ दिन बैठक बस्ने छ। बैठकले भोलि ३ गते बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ।
अभिनेता कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गर्नुभएको छ। काठमाडौँको केएल टावरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार कुलले उद्घाटन गर्नुभएको हो।
मुस्ताङको घरपझोङ गाउँपालिका—४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्र । यहाँ स्याउ लगायत रैथाने बाली उवा, फापर, जौ, आलु, सिमी र बोडी लगायत उत्पादन हुन्छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालको ११औँ महाधिवेशनले अर्जुनकुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाचन गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने प्रशुराम गिरीले परिवारमाथि हातपात गर्न आएकाबाट जोगाउन लाइसेन्स प्राप्त बन्दुकबाट दुई राउन्ड हवाई फायर गरेको हो।
देशभरका ३५ जना चर्चित साहित्यकारहरू जिल्लाको इतिहासको अध्ययनका लागि ‘स्रष्टा पदयात्रा’ का लागि शनिबार गोरखा सदरमुकाम हुदै नेपालका प्रथम शहिद लखन थापाको जन्मस्थल शहिद लखन गाउँपालिका – ७ शालिक भएको काउले भञ्ज्याङ आइपुगेको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो।
विश्व उपभोक्ता दिवसको अवसरमा प्यूठानका १० उत्कृष्ट उद्यमी सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, प्यूठानद्वारा आयोजित कार्यक्रममा उत्पादनमूलक, सेवामूलक, कृषि तथा वन पैदावर र पर्यटन उद्योगका संचालकलाई सम्मान गरिएको निमित्त प्रमुख मनिबहादुर गुरुङले जानकारी दिनुभयो ।
तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका –२ सल्यान घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९ वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।