प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेश प्रदेश प्रहरीले चुमेको छ। नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो।
प्रतिनिधि सभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने भएको छ। प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधि सभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका बनाएको हो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बालबालिका गुमाएकासमेत पीडित तीन परिवारलाई राहत सहायता रकम प्रदान गरेको छ। गाउँपालिकाले आफ्ना बालबालिका गुमाएका रिन्जे शेर्पा र सञ्चहाङ बराइलीको परिवारलाई राहत रकम प्रदान गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नी शोकमा रहनुभएका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मङ्गल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो ।
राष्ट्रिय महिला फुटबलर प्रीति राई नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपील गरेको छ।
जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदको चालु अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताउनुभएको छ ।
‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जित्नुभएको छ । शुक्रबार अबेर सम्पन्न फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई हराउँदै क्षितीज च्याम्पियन बन्नुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको बदमासीले अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ। विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्राचौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन पाँच वर्षदेखि अलपत्र छ।
ताप्लेजुङका विद्यालयमा स्थायी नियुक्तिका लागि एक सय चार जना शिक्षक सिफारिस भएका छन्। शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन्।
गत फागुन १५ गते मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मक्कुराम थारूको निधन भएको छ ।
श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।