यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत २ गते । गत फागुन १५ गते मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मक्कुराम थारूको निधन भएको छ ।
नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचाररत थारूको निधन भएको हो । फागुन १५ गते राति ठाकुरबाबा नगरपालिका वडा नं ३ बगनाह स्थित भुरिगाउँबाट बनकट्टितर्फ जाने क्रममा भे. १२ प. ११०८ नं. को मोटरसाइकललाई भे. १ स. ८६३२ नं. अटो रिक्साले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलनमा सवार ६० वर्षीय दरबारीया थारूको मृत्यु भएको थियो भने मक्कुराम घाइते हुनुभएको थियो । अटो रिक्सा चालक मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो । प्रहरीले खोजतलास गर्दा अटोरिक्सा चालक ठाकुरबाबा नगरपालिका वडा २ तिनघरुवा बस्ने ४० वर्षीय धनिराम थारूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक मक्कुरामको शवलाई पोस्टमार्टम गरी प्रहरीलाई बुझाईसकिएको छ । उहाँ चुरो माध्यमिक विद्यालय बगनाहका शिक्षक हुनुहुन्थ्यो । उहाँ २०७४को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेद्वार पनि हुनुभएको थियो ।