श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।
हुम्ला जिल्ला अदानचुली गाउँपालिका– १ स्थित राक्सेकाँधमा बन्दै गरेको राष्ट्रिय प्रशारणलाइन (विद्युत) को सबस्टेसन र आसपासको दृस्य ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले शिक्षकलाई पेसागत मर्यादामा रहेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ ।
सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगीमा एक साता यता चितुवा आतङ्कका कारण स्थानीयको आतङ्कित भएका छन्। चितुवाले गाईवस्तु तथा बाख्रा मार्न थालेपछि स्थानीय आतंकित भएका हुन्।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु. एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो ।
पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम हुनुभएको छ। प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार राशि नगदसहित प्रतियोगितामा पहिलो स्थानको पुरस्कार पाउनुभएको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपलिका–१० अर्खौलेस्थित ८१ वर्षीया वृद्धा जयथकु श्रेष्ठले आफ्नो घर जग्गा विद्यालयलाई दान गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा बजारमा सरकारले गरेको अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ । शनिवार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलामा पाँचथरकी पुष्पा शेर्मा पहिलो हुनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका –१८ मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्ष पहिले मुस्किलले खेतबाट एक बाली मात्र भित्र्याउनु हुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने हुमाकुमारी अहिले तीन बालीसम्म भित्र्याउने अवस्थामा हुनुहुन्छ ।
गुल्मीमा कात्तिकमा हराएका एक ब्यक्ति चिलाउनेको रुखमा भुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।