तुलसीपुर उपमहानगरपालिका –१८ मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्ष पहिले मुस्किलले खेतबाट एक बाली मात्र भित्र्याउनु हुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने हुमाकुमारी अहिले तीन बालीसम्म भित्र्याउने अवस्थामा हुनुहुन्छ ।
गुल्मीमा कात्तिकमा हराएका एक ब्यक्ति चिलाउनेको रुखमा भुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवल पावर कम्पनी (बिपिसी), आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युतको महसुलमा वृद्धि भएको छ ।
घोराही उपमहानगरपालिका –१७ गुलरियकी विपना चौधरी यसअघिसम्म परम्परागत खेतिमा सीमित हुनुहुन्थ्यो । खेतिपातीले मात्र घर खर्च नचल्ने भएपछि उहाँले सात वर्ष अगाडि बाख्रा पाल्ने सोच बनाउनुभयो । घरमा भएको केही धान बेचेर दुई बाख्रा किन्नुभयो ।
गोरखामा एक सय ६२ कुकुरको बन्ध्याकरण गरिएको छ ।
नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।
बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।
उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न प्रविधिमैत्री अनुगमनमा जोड दिनुपर्ने सरोकारवाला निकायले बताएका छन । विश्वउपभोक्ता अधिकार दिवस २०२५ को अवसरमा आयोजित विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्न अधिकांश बक्ताले प्रविधिमैत्री अनुगमन गर्न आवश्यक रहेको बताएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापनलाई गण्डकी प्रदेश सरकारले उच्च प्रथामिकतामा राखेको बताउनुभएको छ ।
बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
यहाँको हरिनास गाउँपालिकले ५० प्रतिशतमा अनुदानमा हाते ट्याक्टर सहयोग गरेको छ । पछिल्लो समय कृषि कर्मप्रति आकर्षणमा कमी हुँदै जान थालेपछि कृषिलाई आधुनिकीकरण बनाउने उद्देश्यसाथ पालिकाले १०२ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ । पुटिनले भ्रमणमा रहनुभएका बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएको छ । सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार ९०८ थान राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी पवनकुमार शाहीले जानकारी दिनुभयो ।