सन्तोष दहित
दाङ, चैत २ गते । घोराही उपमहानगरपालिका –१७ गुलरियकी विपना चौधरी यसअघिसम्म परम्परागत खेतिमा सीमित हुनुहुन्थ्यो । खेतिपातीले मात्र घर खर्च नचल्ने भएपछि उहाँले सात वर्ष अगाडि बाख्रा पाल्ने सोच बनाउनुभयो । घरमा भएको केही धान बेचेर दुई बाख्रा किन्नुभयो ।
खसीबाट राम्रो पैसा आएपछि मैले खेतिको विकल्पमा व्यावसायिक रुपमा बाख्रा पाल्ने योजना बनाउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि श्रीमानसँग सल्लाह लिएँ, उहाँले पनि बाख्रा पालौ भन्नुभयो तर, उन्नत जातको वाख्रालाई व्यावसायिक रुपमा पाल्ने योजना बनायौं ।”
व्यावसायिक रुपमा बाख्रा पाल्ने योजना भएपछि हामीले २०७६ मा चिन्हारी पशुपालन फर्म दर्ता गरायौं, उहाँले भन्नुभयो, “त्यसपछि मेरो श्रीमान महेन्द्र चौधरीले पहाडबाट तीन बोयर जातको बाख्रा एउटा भाले र दुर्इटा पोथी खरिद गरेर ल्याउनुभयो ।”
घरमै पहिलाकै लोकल बाख्रा थिए । विस्तारै बाख्राको संख्या बढदै गयो, व्यवसाय पनि थपिदै गयो, उहाँले भन्नुभयो, “अहिले ३५ वटा बोयर जातको मात्र वाख्रा छन्, यो संख्या घटबढ भइरहन्छ, किनकि बाख्रा उत्पादन गर्दै जाने विक्री गर्दै जानेभएकाले घटबढ भइरहन्छ ।”
बोयर जातको बाख्रा पाल्न थालेपछि बार्षिक ७ लाखसम्मको आन्दानी हुन्छ, उहाँले भन्नुभयो, “एउटा बच्चा २० हजार रुपियाँसम्म विक्री गरिरहेका छौं, जिउँदो बाख्रा प्रतिकेजी एक हजार दुर्इसयदेखि एक हजार पाँच सयसम्ममा विक्री हुन्छ ।
उहाँले एउटा बोका मात्र दुई लाख १० हजारसम्म बेचेको जानकारी दिनुभयो । छोटो समयमा राम्रो आन्दानीको लागि बोयरजातको बाख्रा धेरै राम्रो हुने गरेको उहाँले सुनाउनुभयो । यो बाख्राले जस्तोसुकै घाँस पनि खान्छ, लोकल बाख्राजस्तो हुदैन, उहाँले भन्नुभयो, “मैले वाख्राका लागि १० कठ्ठामा १० किसिमका घाँस पनि खेति गरेको छु, यी सबै घाँस उत्तिकै मन पराउँछन् ।” उहाँको अनुसार मोलातो, पास्पालम, सेटारिया, स्टाइलो, नेपियर, सुपर नेपियर, सम्राट नेपियर, रेड नेपियर, सिडेलेस किन्वु, किन्वु र दबबदे घाँस बाख्राका लागि अति राम्रो हुने गर्दछ ।
विपनाले आफ्नो दुर्इ छोराको पढाइ खर्च तथा घरखर्च गरेर बार्षिक पाँचलाख बचत हुने गरेको बताउनुभयो । “बाख्रापालनमा अहिलेसम्म बर्षमा एक लाख बराबरको दाना खर्च हुन्छ, त्यो बाहेक आफ्नै खेतमा घाँस हुने भएकाले खर्च हुँदैन उहाँले भन्नुभयो । दुर्र्इ वटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले ३५ वटा बाख्रा भएका छन्” उहाँले भन्नुभयो, “नबेचेको भए त झन कति हुन्थे कति ।”
उहाँले बाख्रापालनसंगै खेतिपाती गर्दैआएको बताउनुभयो । पहिलाजस्तो अधिया खेति गर्दैन, आफ्नो जग्गा मात्र रोप्छु, उहाँले भन्नुभयो, “बाख्राको मल प्रसस्त हुन्छ, त्यो मलले धान राम्रो फल्छ, बर्खायाममा धान खेति गर्छु, धान काटिसकेपछि सबै खेतमा घाँस छर्छु, त्यही घाँसले बर्षदिन सुकाएर बाख्रालार्इ खुवाउछु ।”
आफूले बाख्रापालन गरेको राम्रो देखेर घोराही उपमहानगरपालिकाले घाँस काटन् मेसिन अनुदानमा दिएको सुनाउनुभयो । गाउँघरकाले पनि राम्रो गरेकी छौ, भन्नुहुन्छ, मलाई खुशी लाग्छ । उहाँले भन्नुभयो, “मेले अरु काम जानके छैन, जे जानेको छु त्यहि कामबाट म आनन्दित छु । उहाँले आफुजस्तै अन्य किसानलाई पनि केही न केही व्यवसायमा जोडिनुहोस् ।”
हामीसँग विभिन्न सीप छ, परम्परागतदेखि हामीले गर्दैआएका छौ, चल्ला, बंगुर, भेडा, वाख्रा तथा गार्इभैसी त हाम्रा पुर्खाले उहिलेदेखि पाल्दै आउनुभएको छ, हामीले पनि पालिरहेका छौ, उहाँले भन्नुभयो, “त्यसलाई व्यावसायिक बनाउन सक्यों भने हाम्रो जीवनस्तरलाई माथि उठाउने मात्र नभई आर्थिक स्थितिमा सुधार ल्याउन सक्छौं ।”