काठमाडौँ, चैत २ गते। अभिनेता कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गर्नुभएको छ। काठमाडौँको केएल टावरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार कुलले उद्घाटन गर्नुभएको हो।
डक्टर डेनिमका ब्राण्ड एम्बासडर कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिनुभयो। सो अवसरमा कुलले संचालक जयराम भण्डारी तारिफ गर्नुभयो।
सधैँ सकारात्मक सोचौँ भन्ने मूल नारासहित संचालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थितलाई आफ्नो ब्राण्डका सामग्री दिएर सम्मान गरेको थियो।