बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन हुने भएको हो ।
बागलुङमा चार हजार बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट गुल्मीका ११ क्याम्पसमध्ये छ क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व पाएको छ। दुई क्याम्पसको नेतृत्व अनेरास्ववियुले पाएको छ भने एक क्याम्पसको नेतृत्व अखिल क्रान्तिकारीले प्राप्त गरेका छन्।
विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ ।
जिल्लाका पाल्ही बहुमुखी क्याम्पस रामग्राम ४ जितपुर, दिव्यज्योती क्याम्पस चिसापानी वर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारी गरी तीन क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो।
बागलुङ बजारसँग जोडिएको मुलपानी–दानबिसौना सडक स्तरोन्नति गर्न थालिएको दुई दशक भएपछि सडकको सतरोन्नति सुरु गरिएको छ ।
टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ ।
नेपालका कराते खेलाडी विप्लभलाल श्रेष्ठले खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।
ताप्लेजुङमा आगामी वैशाखमा सिरिजङ्घा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
सम्पन्न स्वतन्त्र विधार्थी युनिययनको निर्वाचनमा लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा नेपाल विधार्थी संघले तेस्रो पटक प्यानल नै विजयी भएर वर्चश्व कायम गरेको छ ।
युगान्डामा सम्पन्न महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।
बागलुङ नगरपालिका –३ बोक्सेको गैराका ७६ बर्षीय मोतीलाल सापकोटाको दैनिकी कृषि कर्ममा बित्दछ । बिहान ४ बजे उठ्यो, नित्य कर्म, तरकारीको डोको बोक्यो बागलुङ बजार ल्यायो र बेच्यो । उहाँको यो दैनिकी झैण्डै ४० बर्षदेखि अनवरत छ।