कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको लागि आगामी वर्ष कोशी सरकारले नयाँ नीति तर्जुमा गर्ने बताउनुभएको छ । बुधबार धरान –१२ स्थित पब्लिक हाइस्कुलको ७८ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । छ नम्बर बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ ।
भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सभा सञ्चालन ऐनका कारण प्रदेशका धेरै स्थानीय तहमा सभा हुन नसकेको बताउनुभएको छ ।
कोरोनाको महामारीका कारण संसार घरभित्र थुनिएको थियो । तर रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका –२, केउटलियाका युवा फारुक खानाको दिमागमा एउटा योजना आयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादन कम्पनीहरूले उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताउनुभएको छ । उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले विकास निर्माणका कुनैपनि योजनाहरु पहुँचका आधारमा नभएर आवश्यक्ताका आधारमा निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
एक सङ्घीय न्यायाधीशले एलोन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज )’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन् ।
नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकाले मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।
अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गर्नुभएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ ।
दाङको ऐरावती आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा विनोदकुमार सोनी निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सोनीको प्यानल विजय भएको हो ।