सशस्त्र प्रहरी बल नेपालको विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकले विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको ‘मोडालिटी’ परिवर्तन नगरे असफल हुने बताउनुभएको छ । प्रतिनिधि सभामा सांसद सुनीलकुमार शर्माको सार्वजनिक महत्वको प्रस्तावमा जवाफ दिँदै मन्त्री पौडेलले नागरिकलाई पनि स्रोतसँग जोड्ने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताउनुभयो ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिमा निर्वाचितलाई पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।
लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीवार विहान ८ बजेदेखि हुुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो ।
बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।
अमेरिकामा रहँदै आएका विभिन्न क्षेत्रका ज्ञाता, प्रवुद्ध वर्ग तथा पत्रकारहरुले पछिल्ला वर्षहरुमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल ईन्टेलिजेन्स–एआई) ले भाषा, साहित्य र मिडियामा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदान प्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलन विहीबारदेखि काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पाँचौं दक्षिण एशियाली किसान सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानुन संशोधन गरी अगाडि बढ्ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले वातावरण र विकासलाई सँगसँगै बढाउन बाधक कानुनलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ्ने निर्णय गरेको हो।
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी हुनुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पार्नुभएको हो।
प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राख्नुभएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी माग्नुभएको छ।