• ७ चैत २०८१, बिहिबार

स्ववियुमा निर्वाचित पदाधिकारीलाई बधाई

blog

नवनिर्वाचित स्ववियु समिति पदाधिकारीको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ६ गते । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिमा निर्वाचितलाई पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) का तर्फबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) र अनेरास्ववियु क्रान्तिकारी ताप्लेजुङले स्ववियु समितिका नव–निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो । बुधबार साँझ माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी स्ववियुका पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, जिल्ला संयोजक विष्णुकुमार हाङ्वाङसहितका नेतृत्वले स्ववियुका पदाधिकारीलाई बधाई दिनुभएको हो । त्यस्तै, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपमहासचिव प्रजिन हाङ्बाङ, केन्द्रीय सदस्य झरेन्द्र तिवारी, जिल्ला अध्यक्ष अनिता पन्दाकलगायतका पदाधिकारीले बधाई ज्ञापन गर्नुभयो । 

अखिल क्रान्तिकारीका तर्फबाट स्ववियु पदाधिकारीमा उपाध्यक्ष रोशन साउदेन, कोषाध्यक्षमा निकिता लिम्बू, सदस्यमा शान्तिला गुरुङ र सुजन लिम्बू निर्वाचित हुनुभएको छ । उहाँहरु चारजना स्ववियु समितिमा निर्विरोध निर्वाचित हुनुभएको हो । 

पाथीभरा क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गरी तीन विद्यार्थी सङ्गठनबिचको सहमतिमा स्ववियु निर्विरोध चयन भएको हो ।