जाजरकोटमा भूकम्प पीडितका नाममा आएको राहत सामग्री समयमै वितरण नगर्दा म्याद सकिएपछि जलाइएको छ । भूकम्प वाट अति प्रभावित भेरी नगरपालिकालाई विभिन्न सङ्घ संस्था, व्यक्ति, सरकार, दातृ निकायले भूकम्प पीडितलाई वितरण गर्नु भनेर राहत दिएका थिए ।
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र चिनाउन रङ्गीन भित्तेचित्र कोरिएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–१० स्थित नेपाल ट्रस्टको पर्खालमा हेटौँडा उपमहानगरपालिकाले यहाँको पर्यटकीय क्षेत्र चिनाउन भित्तेचित्र कोरेको हो ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताउनुभएको छ ।
पुतलीबजार नगरपालिका–१०, राङखोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रेको तयारी गरिएको छ । राङखोलादेखि धौवादी सडकखण्डमा ६.२ किमी प्रिमिक्स कालोपत्रे तयारी गरिएको हो । यो सडक कालोपत्रे भएसँगै बिरुवा गाउँपालिकाको सदरमुकाममा कालोपत्रे सडक पुग्ने छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ ।
कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा (कार्की) हुम्लाकी हुनुहुन्छ । प्रदेश सभामा बोल्ने समय पाउँदा उहाँ हुम्लाका नागरिकले भोगिरहेका समस्या उठाउनुहुन्छ । समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गर्नुहुन्छ । हुम्ला पूर्वाधार विकासमा पछाडि छ ।
सल्यान जिल्लामै विद्युतीय कसुरसम्बन्धी उजुरी दर्ता हुन थालेका छन् । पछिल्लो ११ महिनाको अवधिमा जिल्लामा विद्युतीय कसुरसम्बन्धी छ वटा उजुरी दर्ता भएका हुन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ ।
गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।
सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किनुभएको छ ।
यहाँको धनगढीमा यही चैत ८ गते अपाङ्गता भएका महिलाहरूको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । ‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा कार्यक्रम हुने भएको हो ।