इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् ।
नेपालमा सशस्त्रद्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
इस्मा गाउँपालिका –६ अमरपुरका ६४ बर्षीय बसन्त परियारले १३ बर्षबाट बाजा बजाउनुहुन्थ्यो । उहाँका पूर्वजको मुख्य पेसा नै लुगा सिलाउने र बाजा बजाउने हो ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका –२ देविस्थानको अर्नाकोटमा गोरुको प्रयोगगरी परम्परागत रुपमा मकै र आलुको एकसाथ खेती गर्दै कृषक । तस्बिरः रामकृष्ण बोहरा
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गर्नुभएको छ ।
पाल्पाको बगनासकाली–५, राम्दीस्थित कालीगण्डकी नदीमा डुबेर एक जना भारतीय नागरिक बेपत्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेना प्रमुख प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच आज बिहान धनगढीमा भेटघाट भएको छ ।
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
विदुर आचार्यचौतारा, चैत ७ गते । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलवार राती ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो । प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राती खटिएको टोलीले सवारी साधनको चेक जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट ९३ डब्बा सामाग्री बरामद भएको छ । ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिनुभयो ।बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका वडा नंम्वर २ का प्रवीण खत्री र डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा बैठक सुरुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुहुने जिज्ञासाको जवाफ दिनुहुने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गर्नुभएको कार्यसूचीमा उल्लेख छ ।
सपना थामी/काठमाडौं प्रतीक पौडेल/रुपन्देही काठमाडौँ, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइई शान्त एवम् मर्यादित वातावरणमा सम्पन्न भएको बताउनुभएको छ । उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तथा जापानमा भाइवरमार्फत भएको परीक्षा सहज वातावरणमा सम्पन्न भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “देशभर असाध्यै शान्त ढङ्गले परीक्षा सञ्चालन भयो । कहीँ पनि त्यस्तो समस्या भएन । खास गरी, मधेसमा पाँच, सात वटा अनुगमन टोली बनाएर असाध्यै मर्यादित रूपमा परीक्षा सञ्चालन भएको छ ।” उहाँले रुपन्देहीमा एक नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । यसबाहेक कुनै पनि छुटफुट घटना नभएको तथा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीका सम्बन्ध समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको कुनै पनि भागमा प्रश्न पत्र, प्रश्न र परीक्षार्थीसम्बन्धी समस्या भएन अहिलेसम्म । रुपन्देहीमा एउटा नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसबाहेक छुटफुट घटना घटेको छैन ।”उहाँका अनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयले प्रदेशमा र जिल्ला परीक्षा समन्वय समितिको निर्णयले जिल्ला भरी जुन किसिमको अनुगमन समिति बनेको छ त्यही अनुसार निर्बाध रूपले अनुगमन टोली परिचालन हुने नीति रहेको छ । जापानका लागि एम्बेसीबाट अनुगमन हुने उहाँको भनाइ छ । उहाँका अनुसार पाँच लाख १४ हजार ७१ विद्यार्थी एसइईमा सहभागी हुनुभएको छ । एसइई को पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको हो ।रुपन्देहीमा भेटिए एकजना नक्कली परीक्षार्थीयसैबीच रुपन्देहीबाट गोरखापत्र समाचारदाता प्रतीक पौडेलका अनुसार, जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेका हुन् ।परीक्षा केन्द्रका प्रमुखरूप कुमार रायमाझीका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।रायमाझीले भन्नुभयो, तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको छ । रायमाझीले थप्नुभयो, “ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेछ उक्त विद्यार्थीको, त्यसमा नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि रद्द गरिएको छ” ।जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले पनि एक जना नक्कली परीक्षार्थी फेला परेको र अन्य स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताउनुभयो ।रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा खटिएको सुरक्षा निकायका प्रमुखहरूको टोलीले परीक्षा केन्द्रको अनुगमन गरिरहेको छ । घिमिरेका अनुसार परीक्षा शान्तिपूर्ण ढङ्गले चलिरहेको छ । रुपन्देही जिल्ला बाट २२ हजार ९ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८१ मा साधारण नियमित तर्फ १७ हजार ५ सय १८ र ग्रेड वृद्धि ४ हजार ९ सय ३९ जना रहेका छन् । प्राविधिक तर्फ नियमित ४ सय ३ जना, ग्रेड वृद्धि १ सय १५ जना गरी २२ हजार ९ सय ७५ रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय ८० विद्यार्थी बढी रहेका छन् ।१७६ वटा सामुदायिक विद्यालय र १७० संस्थागत गरी जम्मा ३ सय ४६ विद्यालयहरूका विद्यार्थीहरूको एसइई परीक्षामा सहभागिता रहेका छन् । जसमा सबै भन्दा धेरै परीक्षार्थीहरू रहेको परीक्षा केन्द्रः गीर्वाण संस्कृत तथा साधारण मावि मणिग्राम र शान्ति नमुना मा वि मा ६ सय ५८, सबै भन्दा सानो परीक्षा केन्द्रः नवरत्न मावि सेमलार बुटवल रहेको छ ।
‘भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ ।
कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम प्रहरीले हुन्डी कारोबारको आशङ्कामा नेपाली १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका ८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन् ।
दाङ, चैत ७ गते । दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । तस्बिर : रासस