‘भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ ।
कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–८ का १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम प्रहरीले हुन्डी कारोबारको आशङ्कामा नेपाली १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका ८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेका छन् ।
दाङ, चैत ७ गते । दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । तस्बिर : रासस
भारतीय उपमहाद्वीपमा अलेक्जेन्डरको आक्रमणलाई प्राचीन इतिहासको एउटा महत्वपूर्ण घटनाका रूपमा लिइन्छ । यो आक्रमण प्राचीन ग्रिक र भारतीय उपमहाद्वीपका संस्कृतीबीच पहिलो प्रत्यक्ष सम्पर्कको माध्यमसमेत बनेको थियो । जसले भारतीय उपमहाद्वीपमा ग्रिक संस्कृतिको प्रभावलाई प्रवेश दिलायो ।
काठमाडौँको असन–इन्द्रचोक क्षेत्र व्यापारका लागि सदाबहार छ । पैसा भएमा असन–इन्द्रचोक बजार क्षेत्रमा आफूले चाहेको धेरै चिजवस्तु किन्न पाइन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
आयरल्यान्डकी मार्गोरी म्याकलको एक जीवनमा दुई पटक अन्त्येष्टि गरिएको थियो ।
सन् १९३० को दशकमा विलेम कोल्फले एक जना मानिस मिर्गौला असफल भएर मरेको देखेपछि मिर्गौलाको काम गर्न सक्ने कृत्रिम उपकरण बनाउने जमर्को गरे ।
सन् १९९८ मा अस्ट्रेलियाका बिल मोर्गन जीवनमरणको अवस्थामा थिए । एक कार दुर्घटनामा परेर अस्पताल भर्ना भएका मोर्गनलाई अस्पतालमै भयङ्कर हृदयाघात पनि भयो । जस कारण चिकित्सकले मोर्गनलाई ‘क्लिनिकल डेड’ घोषणा गरे किनभने उनको मुटु बन्द भइसकेको थियो र उनले साससमेत लिन छाडेका थिए ।
पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि चौतारा सदरमुकाम पुग्नु पर्ने भएपछि सिन्धुपाल्चोकका गाउँ गाउँका ज्येष्ठ नागरिकहरूले सास्ती पाएका छन् । नेपाल सरकारले विभिन्न सरकारी तथा सार्वजनिक सेवा प्राप्त गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिकहरूले जिल्ला प्रशासन कार्यालय चौतारा पुगेर उक्त पत्र बनाउन सास्ती भोग्नु परेको छ ।
अर्नाको संरक्षित क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका अर्नाको वंशाणुगत क्षयीकरण हुँदै गएको छ । खुला चरिचरनका कारण आरक्षमा छाडा छोडिएका भैँसी, राँगासँग अर्नाको संसर्ग बढेका कारण दुर्लभ जीवका रूपमा रहेको अर्नाको ‘ब्याक व्रmस्ड’ बढ्दै जाँदा वंशाणुगत क्षयीकरण हुँदै गएको हो ।
एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ । थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत बागलुङ खण्ड ट्र्याक खोलेको झन्डै २५ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।