दुईमा हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीका खेलाडीलाई भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले ५८ करोड भारतीय रुपियाँ पुरस्कार घोषणा गरेको छ ।
अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्याउन महाकाली कोरिडोरमार्फत पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिनुभएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग फेरि नेपालमा हुने भएको छ ।
नवलपरासी पश्मिचममा भूमि समस्या समाधान आयोगले आजबाट जग्गा नापजाँचको काम सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।
लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट रेसुङ्गा बहुमुखी क्याम्पसमा नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ। यस क्याम्पसमा यहि चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहमतीय पद्धतिद्वारा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाउनुभयो । स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ ।
भंगेराका अवस्था पत्ता लगाउन र जनचेतना फैलाउनका लागि मार्च २० मा विश्व भंगेरा दिवस मनाइएको हो। दिवसको अवसरमा कैलाली, कञ्चनपुरमा चराको क्षेत्रमा काम गर्ने संघसंस्थासहित चरा संरक्षणकर्मी, चराप्रेमीले आ–आफ्नो घर वरिपरि पाइने भंगेरा गणना गरेका छन्। यसैगरी, भंगेराले गुँड बनाउनका लागि रुख, घरमा कागजको बट्टा राख्ने, विद्यार्थीमाझ जनचेतना फैलाउने लगायतको कार्य गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतीको लागि रुख कटानको काम सकिएको छ। ५० किलोमिटर लामो दुरीको सडक किनारामा पर्ने सात हजार एक सय ११ रुख काटिएको बुटवल गोरुसिंगे सडक आयोजनाले जानकारी दिएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ।
पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।