लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको बताउनुभएको छ। नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो।
विराटनगरमा तीन दिने ढाका महोत्सव सुरु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा ढाकाका कपडा तथा विभिन्न सामग्री उत्पादन गरिरहेका उत्पादकहरुलाई विराटनगरको जैन भवन परिसरमा जुटाएर महोत्सव मार्फत उत्पादन प्रवद्र्धनको प्रयास गरिएको हो ।
जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जित निकालेको छ ।
तनहुँमा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये दुईको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ । दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमितरूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन आधा घटेको छ ।
शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा बिहीबार नेपाली काँग्रेस बाँकेले ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नवीनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ।
नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको यहि चैत ९ र १० गते बुटवलमा हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा चैत ८ र ९ गते हुने वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले मुलुकको हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो।