सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका हिमाल घिमिरे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार घिमिरे प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।
प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति हुनुभएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ ।
सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
कम्बोडिया भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उहाँले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गर्नुभएको हो ।
गोरखामा काठको मुढा लागेर एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका –४ टुकराङका ६९ बर्षिया बिमायाँ बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी हुनुभएको छ ।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समिरसिंह निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । बुधवार बिहान सम्पन्न भएको मतगणनाअनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो ।
युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाएको छ ।
स्याङजामा स्ववियुको चुनावी प्रक्रिया सुरु भएकामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्वजनिक भएको छ । मंगलबार सम्पन्न भएको वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गर्नुभएको छ ।
पत्रकार ऋषि थपलिया युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित हुनु भएको छ । पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको हातबाट थपलियालगायत सम्मानित हुनुभएको हो ।