जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।
दाङको घोराही उपमहानगरपालिकामा नगर अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–४ तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल डेढ वर्षमा करिब ६० प्रतिशत काम सकिएको हो ।
नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।
नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब पाँच सय मिटर लामो छ ।
बाँके जिल्लाका विभिन्न सामुदायिक तथा चक्ला वनमा विशेष गरी सालका रुख जोगाउन वन संवर्धन प्रणाली लागु गरिएको छ ।
बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ ।
जग्गा विवादका कारण बैतडीमा पाटन नयाँ सहर आयोजनाको कामले गति लिन सकेको छैन । यहाँ ३८ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएका संरचनासमेत प्रयोगविहीन बन्न पुगेका छन् ।
सल्यानको शारदा नदीमा पुल निर्माण भएको छ । त्रिवेणी गाउँपालिका–१, काभ्रा रामबजार र वडा नं. २ शङ्खपिपल जोड्ने शारदा नदीमा निर्माण गरिएको सो पुल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार उद्घाटन गर्नुभएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ वटा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।
जाजरकोटको कुसे गाउँपालिकामा विद्युत् विस्तारमा ढिलासुस्ती भएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।
पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।
बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् ।
बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ ।