सल्यानका सातवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ नेतृत्व चएन भएको छ । तीनवटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी हुनुभएको छ ।
पाँचथरको थर्पु क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
मोरङको कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) र केरावारीको खदम क्याम्पसमा अनेरास्ववियूका उम्मेद्वार विजयी भएका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले गुल्मी जिल्लाको शैक्षिक क्षेत्रको विकासमा उत्कृष्ट काम गर्ने ३६ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले सीमापार यूपीआई क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (ए२ः) कारोबारको एक वर्ष पूरा गरेको छ ।
गरामनी क्याम्पस विर्तामोडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल विजयी भएको छ ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा दोस्रो पाथीभरा याङ्वरक कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको हो।
कपिलवस्तुमा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विदेशी ब्राण्डका चुरोट बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगरको टोलीले अन्दाजी १५ लाख मूल्य बराबरको चुरोट बरामद गरेको हो ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन्। मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियु र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो।
भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले उत्पादन गरेका चारपाङ्ग्रे साना इभी (इलेक्ट्रिक भेकल) सवारीसाधनको मङ्गलबार नेपालगन्जमा सार्वजनिक गरिएको छ ।
सदरमुकाम खलङ्गास्थित प्युठान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रमोद ओली विजयी हुनुभएको छ।