श्रीभगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागू भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताउनुभएको छ । आक्रमणमा सयौँको मृत्यु भएको छ ।
सदरमुकामको पाँचथर बहुमुखीसहित यासोक, रवि र थर्पु क्याम्पसमा बिहान ८ बजे मतदान सुरु भएर शान्तिपूर्ण रुपमा निर्धारित समयमै सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बङ्गलादेशले वासिङ्टनकी गुप्तचर प्रमुख तुलसी गबार्डलाई उहाँको यस दक्षिण एशियाली देशमा धार्मिक हिंसासम्बन्धी टिप्पणीहरू आधारहीन र साम्प्रदायिक तनाव भड्काउने जोखिम भएको भन्दै आलोचना गरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मङ्गलबार कर्णाली र बागमती प्रदेश विजयी भएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन ९ गते सार्वजनिक गरेको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज मतदान कार्यक्रम भएको हो।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४२ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताउनुभएको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतपत्रमा त्रुटि देखिएपछि मतदान स्थागित भएको छ ।
सिङ्गापुर र मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय खेलमा लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
यहाँको बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले आफ्नो जन्मदिनमा आज नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ । क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभयो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा मंगलबार भेटवार्ता गर्नुभएको छ ।
बागलुङको एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा ७१ दशमलव ७४ प्रतिशत मत खसेको छ ।
विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल-भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार अवैध विदेशी मुद्रासहित ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ। प्र