परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार नयाँ दिल्लीमा भेटवार्ता गर्नु भएको छ ।
मकवानपुरको पालुङ बुहमुखी क्याम्पसमा आज मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।
एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ।थुप्रिएको फोहोर वर्गीकरणमा समय लागेको भन्दै नयाँ फोहोर नउठाएपछि कावासोती दुर्गन्धित बन्दै गएको हो।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ।
यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ।
नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन्।
कैलालीमा चैते धान रोपाइँ सुरु भएको छ। जिल्लाको भजनी नगरपालिका लगायतको क्षेत्रमा किसानले चैते धान रोपाइँ गर्न थालेका हुन्।
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नव–निर्वाचित समितिको पदस्थापन भएको छ । सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिको मङ्गलबार पदस्थापन भएको हो ।
खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित १० वटा घर जलेर नष्ट भएका छन्।सामुदायीक वनबाट बस्तीमा छिरेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको एउटा विद्यालयको भवन र ९ परिवारका १० वटा घर जलेर नष्ट भएको हो।
२०८१ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षामा रौतहटबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु सहभागी हुने भएका छन् ।
मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।
जुम्ला बहुमुखी क्याम्पसमा मतदान सुचारु भएको छ । बिहान ९ः०० बजेबाट स्वतन्त्र विद्यार्थी युनियनको मतदान सुचारु भएको हो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
इलामको फाकफोकथुमस्थित एकतप्पा बहुमुखी क्याम्पसमा सर्वसम्मत रुपमा स्वतन्त्र विद्यार्थी युनियन चयन भएको छ ।