पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
रोल्पामा एक युवकको शव फेला परेको छ ।
शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
पुतलीबजार नगरपालिका-५ स्थित पौवेगौडेमा अस्थायी प्रहरी चौकी(बिट) टक्सारको स्थापना गरिएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान मंगलबारबाट सुरु भएको छ ।
यहाँको टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो ।
चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै हुनुहुन्छ । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ ।
पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ ।
यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ ।
धनुषाकोे धनुषाधाम नगरपालिका–३, निवासी युवा व्यवसायी सूर्यनाथ यादवले नेपाल विद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रलाई ४० लाखभन्दा बढी मूल्य पर्ने दुई कठ्ठा जग्गा दान गर्नुभएको छ ।