• ५ चैत २०८१, मङ्गलबार

पाल्पाका दुई क्याम्पसमा मतदान जारी

blog

शहीद बहुमुखी क्याम्पसमा मतदान गर्दै मतदाता । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), चैत ५ गते । पाल्पाका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त पाँच वटा क्याम्पसमध्ये दुई क्याम्पसमा मतदान प्रक्रिया चलिरहेको छ ।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियुको नेतृत्व चयनका लागि मतदान भैरहेको हो । दर्छा क्याम्पस, उदवुद्ध क्याम्पस र माण्डव्य बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भैसकेको छ।

सात सय १५ जना मतदाता रहेको शहीद बहुमुखी क्याम्पस रामपुरमा स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) प्यालन विच प्रतिस्पर्धा हुँदैछ । सभापति, सचिव र कोषाध्यक्षमा २र२ जनाको उम्मेदवारी रहेको छ । विहान ८ बजे देखि शान्त वातावरणमा मतदान चलिरहेको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जानकारी दिनुभयो । 

देशकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा यसपटक नेपाल विद्यार्थी संघ र अखिल छैठौ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अनेरास्ववियू ९स्वतन्त्र० प्यानलसहित प्रतिस्पर्धामा छन् । सभापतिमा ४, सचिवमा ३ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी रहेको छ । १ हजार ८ सय ९४ मतदाता रहेका छन् ।