Loading...
  • ६ चैत २०८१, बुधबार

विदेशी चुरोटको नेपालमा तस्करी

blog

बरामद गरिएको चुरोट ।

जानु पाण्डे

कपिलवस्तु, चैत ५ गते । कपिलवस्तुमा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विदेशी ब्राण्डका चुरोट बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगरको टोलीले अन्दाजी १५ लाख मूल्य बराबरको चुरोट बरामद गरेको हो । 

कृष्णनगरमा रहेको सशस्त्र प्रहरीको चेकजाँच स्थलबाट लु २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीमा लुकाएर राखिएको चुरोट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति नेत्र केसीले बताउनुभयो । बेलायत (यु.के.) मा उत्पादन भएको चुरोट कृष्णनगर हुँदै काठमाडौँ लग्ने उद्देश्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्नेक्रममा चुरोट फेला परेको जनाएको छ । रिचमोन्ड ब्रान्डका ३ हजार प्याकेट, म्यानचेस्टर ब्रान्डका एक हजार प्याकेट र एलएन्डबि ब्रान्डका एक हजार प्याकेट चुरोट कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सीमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक अरुणकुमार सिंहले बताउनुभयो ।