वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन सङ्ख्या र अनुगमनपछि कैफियत देखिएर जरिबाना गरिने प्रतिष्ठानको सङ्ख्या गत वर्षभन्दा घटेको छ । विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आव २०८१/८२ को सो अवधिमा बजार अनुगमन र अनुगमनपछि जरिबाना गरिएका व्यावसायिक फर्मको सङ्ख्या घटेको हो ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन आइतबार (आज) बाट विराटनगरमा सुरु हुँदै छ ।
ललितपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका तथा नक्सापास नभएका घर तथा भवनलाई नियमित र अभिलेखीकरण गर्ने अभियान थालेको एक महिनामा जम्मा ६० घरधनीले सो प्रक्रियाका लागि दर्ता गराएका छन् ।
अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ ।
नयाँ संविधान जारी भएको एक दशक बित्न लाग्दासमेत सङ्घीयता अनुकूल शिक्षाको कानुन बन्न सकेको छैन । मुख्य राजनीतिक दल गम्भीर नहुँदा कानुन निर्माणको काम अघि बढ्न नसकेको हो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा हिमपात भएको छ । शनिबार साँझपख वर्षासँगै पाथीभरा क्षेत्रको फेदीसम्म हिमपात भएको हो ।
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको चौथो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उत्सव चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताउनुभएको छ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता पेशालाई व्यवस्थित बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रति जनताको भरोसा बढेको बताउनु भएको छ। उहाँले एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुने बताउनुभएको छ।
वढ्दो सवारी दुर्घटना र वायु प्रदुषर्णलाई रोक्न सुरुङ्गा सहकार्य युवा क्लबले शनिबार आयोजना गरेको साइकल दौडमा निमा सेर्पा पहिलो हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने बताउनु भएको छ।
नेपालमा सामुदायिक रेडियोको महत्त्व कम नभएको तर नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्।
शान्ति निकुञ्ज माध्यामिक विद्यालयका पूर्व विद्यार्थी सम्मानित भएका छन्। शान्ति निकुञ्ज मावि पूर्व विद्यार्थी संघको २८ औँ स्थापना दिवसको अवसरमा पूर्व विद्यार्थी सम्मानित भएका हुन्।